क्रियाशील सदस्यता विवादका विषयमा पौडेल पक्ष जुट्यो छलफलमा

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी छ । आज बिहानबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय नेताहरु १४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न जुटेका हुन् ।

 

काँग्रेसमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद थियो । उक्त विवाद टुङ्ग्याउन काँग्रेसमा नीतिगत सहमति जुटेपनि व्यवहारिक पक्ष मिलाउन बाँकी छ ।

 

आइतबार नै विवाद टुङ्ग्याएर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको थियो । तर विवाद समाधानको जिम्मेवारी पाएका नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले व्यवहारिक पक्ष मिलाउन सकेनन् ।

 

साउन ३० गतेको केन्द्रीय समिति बैठकले भदौ ३ गते नै सभापति देउवालाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिए पनि ७ गतेसम्म काम हुन सकेको छैन ।