मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । उदयपुरको बेलका नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

 

बेलका– ५ गलेनीस्थितमा पुर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही स्थानका ८० वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । आइतबार बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको हो ।

 

 

मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुम्काका २४ वर्षीय रोयलकुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ वर्षीय सुरजकुमार चौधरीसमेत समान्य घाइते भएका छन् । स्थानीय मेडिकलमा सामान्य उपचारपछि मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।