कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

 

क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । पार्टीको गाउँ/नगर वडा अधिवेशनका लागि क्रियाशील सदस्य मतदाता हुन्छन् ।

 

 

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।