खोटाङमा गाँजा र भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट गाँजा र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ–७ स्थितबाट गाँजा र भरुवा बन्दुकसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

 

आइतबार दिउँसो १ बजे प्रहरीले सोही स्थानका ६५ वर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ वर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

 

गाँजा र बन्दुक बरामद भएसँगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।