एमालेको भोली बस्ने स्थायी कमिटी बैठकमा तेस्रो धार पनि सहभागी हुने

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएका छन् ।

 

 

सोमबार नेता माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओलीले २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

 

 

ओलीसँगको छलफलपछि मंगलबार ११ बजे एमाले स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

 

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यसयता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् ।