सरकारलाई पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न अखिल (क्रान्तिकारी) को माग

काठमाडौँ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले विरोध गरेको छ ।

 

 

आज राती १२ बजेदेखि लागू हुने गरेर फेरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सो विषयमा  सङ्गठनले प्रेस विज्ञप्तिमार्फत कोभिड-१९ विरुद्धको खोप आम जनतालाई उपलब्ध गराउने सवालमा सरकार गैरजिम्मेवार बनेको भन्दै विरोध गरेको हो ।

 

 

त्यस्तै सङ्गठनले जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकारलाई अपिल गरेको छ । यदि सरकारले मूल्य वृद्धि फिर्ता नगरेमा सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहित अध्यक्ष हरिकृष्ण गजुरेले  दिएका छन् ।