नेपाल र ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो साढे दुई घन्टा समय

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलार्ई सनाखतको लागि भोली बुधबार सम्म समय दिएको छ ।

 

 

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।

 

आयोगका अनुसार बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने छ ।

 

सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।