चन्द्रागिरिबाट माधव नेपालहरू सिधै निर्वाचन आयोग जाने तयारीमा

काठमाडौँ । चन्द्रागिरिमा रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्।

 

 

आयोगले सनाखतका लागि बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ।

 

 

उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका लागि हिँडेका छन्। गत सोमबारदेखि नै चन्द्रागिरिमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चलेको थियो।