नयाँ पार्टी सनाखतका लागि माधव समूह निर्वाचन आयोगमा

काठमाडौँ । नयाँ पार्टी दर्ताका लागि नेकपा एकिकृत समाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका छन्। आयोगले उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो।

 

 

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समूहका नेताहरू केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्।

 

 

केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ।