घरघरबाट सांसदहरूलाई बलजफ्ती तानेर चन्द्रागिरीमा थुनेर राखियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले  घर-घरबाट सांसदहरूलाई बलजफ्ती तानेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाएका छन् ।

 

बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाएका हुन् ।

 

‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीले भने ।

 

उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे ।