खुल्यो तेह्रथुम पावर कम्पनीको आईपीओ

काठमाडौँ । आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

 

 

भदौ ९  (बुधबार) देखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

 

यस्तै तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।