आज बजारमा घट्यो सुनको मूल्य

काठमाडौँ । आज बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो ।

 

 

जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।

 

यसैगरी, महासंघले आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।