भीम आचार्य मुख्यमन्त्री बनेकै दिन भाई मृत भेटिए

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्री बनेकै दिन नेकपा एमाले सचिव भीम आचार्यका भाई रामप्रसाद आचार्य मृत फेला परेका छन् । उनी सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा शंकास्पद रुपमा मृत फेला परेका हुन् ।

 

 

उनी मृत भेटिएको कोठा भित्रबाटै चुकुल लगाइएकोले मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

उता भीम आचार्य भने एमाले संसदीय दल प्रदेश १ को नेतामा आजै चयन भइसहेका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन्।