पौडेल पक्षका शीर्ष नेताको बैठक चाक्सीबारीमा जारी

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक जारी छ । शुक्रबार बिहानबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसेको हो ।

 

उनीहरूबिच पौडेल पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर गरेको रिले अनसन र १४ औं महाधिवेशनका विषयमा छलफल भइरहेको छ ।

 

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।