मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौँ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोमगमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाई हुने भएको छ ।

 

आज न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

 

आफूमाथि लागिएको अभियोग झुटो भएको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।