कसैलाई असक्षम घोषित गर्न सभापति हुन नखोजेको निधिको दाबी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई असक्षम घोषित गर्न पार्टी सभापति हुन नखोजेको दाबी गरेका छन् । 

 

शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको बताए ।

 

उपसभापति निधिले भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’

 

उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उनले बताए ।