थप २ हजार ६५ कोरोना संक्रमित फेला, २३ सय ३७ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ६५ जना कोरोना संक्रमित फेला परेका छन् ।

 

 

८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।