संवैधानिक परिषदसम्बन्धी मुद्दाको पेसी तोक्ने दिन प्रधानन्यायाधीश बिदा बस्ने

काठमाडौँ । संवैधानिक परिषदको अध्यादेश र उक्त अध्यादेश अनुसार भएका नियुक्तिविरूद्ध परेका रिटमाथि सुरू पेशी तोक्ने दिन र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा बिदा बस्ने भएका छन्। अध्यादेशको सुनुवाइको सहजताका लागि प्रधानन्यायाधीश ती दिनमा बिदा बस्ने भएका हुन् ।

 

 

आज संवैधानिक परिषदको अध्यादेश र उक्त अध्यादेश अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरूद्धका रिटमा पहिलो सुनुवाइ थियो। यस्तै रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् ।

 

 

यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए । प्रधानन्यायाधीशले संवैधानिक इजलासमा ४ जना न्यायाधीशको रायमा आफू सहमत हुने बताएका थिए ।