पशुपति क्षेत्र विकास कोषको नियुक्तिमा आर्थिक चलखेल, व्यवसायिक माफियाको दौडधुप
काठमाडौं । हिन्दूहरुको आस्थाको एक मात्र प्रतिक पशुपतिनाथको संरक्षण र संर्वद्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषको पदाधिकारी नियुक्तिमा आर्थिक चलखेल देखिएको छ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्तिमा व्यवसायिक क्षेत्रका माफियाहरूको प्रमुख हात रहेको आशंका गरिएको छ ।
कोषका वर्तमान सदस्य सचिव प्रतिक ढकालको कार्यकाल सकिन लाग्दै गर्दा विशेषत मारवाडी समुदायका व्यापारीले गठवन्धनका नेताहरुलाई पैसाको लोभ देखाएर पदको लागि दौडधुप गरिरहेका छन् ।
यता, अक्सिजन ग्यासका मालिक शंकर अग्रवाल पनि कोषको सदस्य सचिव हत्याउन पैसाको प्रलोभन दिँदै नेताको घरघर पुगिरहेका छन् । बदनाम व्यवसायी अग्रवाललाई ग्यासको माफिया समेत भन्ने गरिन्छ ।
वर्तमान सदस्यसचिव प्रतिक ढकाल समेत मोटो रकमको अफर बोकेर वालुवाटार पुग्ने गरेको वालुवाटार स्रोतले बतायो । खराब छवि भएका यी तीन व्यक्तिहरु जो कोही सदस्य सचिवमा नियुक्त भए पशुपति क्षेत्र विकास कोषको भलो नहुने कोषका एक कर्मचारी बताउँछन् ।
ढकाल तत्कालिन फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका विजय कुमार गच्छदार र जितेन्द्र देवलाई ठुलै रकम वुझाएर कोषको सदस्य सचिव बनेका थिए । गोठाटारको वालुवाखानी हात पार्नका लागि एकथरी विचौलियाहरु आफु अनुकुलको मान्छे नितुक्ति गर्न लागि परेका छन् ।