ललितपुरमा बाढीले बगाउँदा एकको मृत्यु, बालिका बेपत्ता

सांकेतिक तस्विर

काठमाडौं। दक्षिण ललितपुरको बागमती गाउँपालिका-६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु भएको छ भने बालिका बेपत्ता भएकी छन्।

 

 

 

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो।

 

 

वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा सञ्जुको मृत्यु भएको हो भने उनीसँगै रहेकी अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएकी छन्। बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुलेको छैन।

 

 

 

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको बताए।