अमेरिकाद्वारा काबुलमा हवाई हमला, विमानस्थलमा बम विस्फोटका मुख्य योजनाकार मारिएको दाबी

काठमाडौं। अमेरिकाले अफगानिस्तानमा आइएसआइएसलाई लक्ष्य गरी हवाई हमला गरेको छ।

 

 

हमलामा १७० जनाको ज्यान जानेगरी बिहीबार काबुलको विमानस्थलमा बम विस्फोट गराउने मुख्य योजनाकार मारिएको अमेरिकी रक्षा विभागका प्रवक्ता क्याप्टेन बिल अरबनले दाबी गरेका छन्।

 

 

 

ड्रोन हमलामा अन्य सर्वसाधारण नागरिकलाई भने केही नभएको अमेरिकाले जनाएको छ। अहिलेसम्म यसभन्दा थप विवरण दिइएको छैन।

 

 

यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए।