प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

 

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेट भएको छ ।

 

 

आइतबार बिहान भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल केन्द्रित रहेको प्रचण्डको सचिवालय बताएको छ । यस्तै प्रधानमन्त्री देउवाले डेढ महिनासम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

 

 

कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।

 

 

कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन। सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ।