वर्षौंदेखि जीर्ण सडक मर्मतको माग गर्दै युवाहरुले गरे विरोध प्रदर्शन

जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

 

 

जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि टायर बालेर सडक अवरुद्ध गरेका हुन् । ।

 

सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय किसन साहले बताए ।

 

 

अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयको भनाइ छ । ‘खाल्डोमा पानी जम्दा पोखरीजस्तै बनेको छ’ साहले भने, ‘सम्बन्धित निकायले चासो नलिँदा बाध्य भएर सडक जाम गरेका हौं ।’