नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

काठमाडौँ । काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।

 

 

नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले रातोपाटीलाई बताए । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको एसपी बस्नेतले जानकारी दिए ।