करेन्ट लागेर एक किशोरीको मृत्यु
काठमाडौँ । कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।