डल्लु पुगेर प्रधानमन्त्री देउवाले भेटे झलनाथ खनाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेका छन् । खनालको स्वास्थ्य अवस्थाबारे छलफल गर्न आज प्रधानमन्त्री देउवा उनकै निवास डल्लु पुगेका हुन् ।

 

भारतबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका खनाललाई देउवाले भेटेर स्वास्थ्य लाभको कामना गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

 

फरक-फरक दिन खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि डल्लु पुगेका थिए।