नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १ /१ को बराबरीमा सकियो

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरी सकिएकाे छ। साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

 

 

नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमायो । ३५ औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए ।