एमाले प्रवक्ताबाट हटे योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताको जिम्मेवारीबाट योगेश भट्टराई  हटेका छन् । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी  कमिटी  बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख बनेका भट्टराई जिम्मेवारीबाट हटेका हुन् । 

 

 

 

प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार फरक दृश्य देखियो । दार्चुलाको तुइन घटना प्रकरणबारे पार्टीको निर्णय एमाले प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका थिए ।

 

 

जबकि १० बुँदेश सहमतीअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन्। र, उनैले उक्त निर्णय जारी गर्नुपर्दथ्यौ । तर, त्यसो भएन । पार्टी २ जेठकै अवस्थामा फर्किए पनि बिहीबार जारी निर्णयपछि एमालेभित्र फेरि विवाद सिर्जना भएको छ ।