नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी (एकीकृत समाजवादी) बनेको छ ।

 

 

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।