जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आगामी निर्वाचनमा पुनः उम्मेदवारी नदिने भएका छन् । गत सेप्टेम्बरमा शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको थियो ।

 

 

प्रधानमन्त्री सुगामाथि सर्वसाधारणको समर्थन ह्वात्तै घटिरहेका बेला उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण जापान नराम्रोसँग प्रभावित छ । अहिलेसम्म १५ लाख जापानी कोरोनाबाट संक्रमित भएका छन् । कोभिडबीच ओलम्पिक खेल आयोजना गर्ने सरकारको घोषणा अलोकप्रिय सावित भएको छ ।