पिपिएलएको भेला काठमाडौंमा जारी, गएनन् ओली

काठमाडौँ । नेकपा एमालेनिकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए) को भेला काठमाडौंमा जारी छ। माधवकुमार नेपाल पक्ष छोडेकाहरूको सहमतिबिनै पिपिएलएको भेला गरिएको हो।

 

 

पिपिएलएको अध्यक्ष माधव नेपाल समूह छोडेका रूद्र नेपाल हुन्। आफूहरूलाई थाहा नदिइकन भेला गरिएको भन्दै नेपालले भेला नरोकिए यसले संगठनमा विभाजन ल्याउने चेतावनी दिएका थिए।

 

यसअघि उक्त भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो। नेपाल पक्ष छोडेर आएकाहरूले दबाब दिएपछि भेलामा अध्यक्ष ओली भने सहभागी भएका छैनन्।