देशभर थप १७ सय ५६ जना कोरोना संक्रमित फेला

काठमाडौं । देशभर थप १७ सय ५६ जना कोरोना संक्रमित फेला परेका छन् ।

 

९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् ।