तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने

काठमाडाैँ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको काठमाडौँस्थित रहेको पशुपतिनाथ मन्दिर खुल्ने तयारीमा छ । भएको छ। अगामी हप्ता २४ गते हुने हरितालीका तीजमा पशुपतिनाथ मन्दिर खुल्न लागेको हो । यो सँगै अब तीजमा पशुपतिनाथको दर्शन र पूजाआजा गर्न सकिन्छ ।

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो ।