भदौ २३ गते संघीय संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं। सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ।

 

 

बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

 

 

 

सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे पुष्टि गरेका छन्। दुवै सदन बोलाउने निर्णय भएको छ।

 

 

निर्णयअनुसार भदौ २३ गते संसद बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ,उनले भने।