आज मिति २०७८ साल भदौ २० गते आइतबार भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ- हप्ताको पहिलो दिन अर्थात आईतबार साझसम्म प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । आईतबार साझदेखि मंगलबारसाझ सम्मको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न रहनेछ । मंगलबार रातिदेखि समय तपाईकै पक्षमा आउँने हुनालेराजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो हुनेछ भने जीवन साथिको सहयोगमा महत्वपुर्ण काम गर्ने अवसर आउँनेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

 

 

 

 बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा- मंगलबार सम्मको समय राम्रो रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बुधबारदेखि शुक्रबार बिहानसम्म समय मध्ययम रहेकोले वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । शुक्रबार बिहानपछि पुनह समय राम्रो रहेकोले जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

 

 

 

 

 

मिथुन का, की, कू ,घ, ङ, छ ,के,को,हा- मंगलबार सम्मको समय मध्ययम रहेकोले नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । कामहरु बिग्रने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । हप्ताको अन्तमा लामो दुरिको बैदेशिक यात्राको अधिक सम्भावना रहेकोछ ।

 

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो- मंगलबार सम्मको समय मध्ययम रहेकोले समयमा काम नबन्ने,आर्थिक संकटको सामना तथा ऋण लाग्ने हुनालेमानसिक तनाब बढ्नेछ । सवारि साधन चलाउदा वा बाटो हिड्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । दिदि बहिनिबाट तपाईले आशा गरेजस्तो सहयोग नपाईने हुदा मन खिन्न हुनेछ । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । धार्मिक तथा तिर्थ यात्राको प्रसस्त सम्भावना भएपनि बाटोमा दुख हुन सक्छ । बुधबारदेखि नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

 

 

 

 

 

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे- बिहिबार सम्मको मध्ययम रहेकोले साझेदारि व्यावसाय गर्दा वा यात्राको तय गर्दा ख्याल गर्नुहोला धोका हुन सक्छ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट समाजलाई असर पर्ने घातक निर्णयहरु हुनसक्छन् ध्यान दिनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । धर्मको नाममा गलत व्याक्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा फितलो उपस्थितिले भनेजस्तो गन्तब्य पहिल्याउँन असहज हुनेछ । शुक्रबारबाट कर्म भावमा जाने चन्द्रमाले कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पैत्रिक धन सम्पतिको परिचालन मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

 

 

 

 

 

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पा- मंगलबार सम्मको समय उत्तम रहेकोले प्रतिश्पर्धाको लडाईमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । नयाँ नयाँ काम गर्ने जागर आउने तथा काम गर्ने शैलि परिवर्तन गरेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । प्रेम गर्ने जोडिहरुले लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बुधबार बिहानबाट समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । हप्ताको अन्तमा धार्मिक स्थल तथा तिर्थ यात्राको तय गर्न सकिनेछ ।

 

 

 

 

 
तुला रा,री,रु,रे,रो,ता,ती,तू ,त- पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने थप लगानि गर्ने वाताबरण बन्नेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउँनु होला ।

 

 

 

 

 

बृश्चिक तो,ना,नी,नू ,ने,नो,या,यी,यू- समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बुधबारदेखि समय उत्तम रहेकोले वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ भने मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

 

 

 

 

धनु ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे- हप्ताको पहिलो दिन अर्थात आईतबार राम्रो रहेकोले दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनालेप्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । सोमबार देखि बिहिबार सम्मको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा,आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । शुक्रबार तथा शनिबारको समय राम्रो रहेकोले स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

 

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी- पहिलो दिन मध्यम रहेकोले समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । सोमबार तथा मंगलबारको समय राम्रो रहेकोले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुको हार हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । बुधबारदेखि समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुनालेशिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

 

 

 

 

कुम्भ गू,गे,गो,सा,सी,सू ,से,सो,दा- आईतबार, बुधबार तथा बिहिबारको समय राम्रो रहेकोले समाजमा नाम तथा दाम कमाउन तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईनेछ तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग हुने हुदा दैनिकि परिवर्तन हुनेछ । पढाई लेखाईमा अरुलाई पछि छोड्दै उत्कृष्ट नतिजा हात लगाउँन सकिनेछ । सोमबार,मंगलबार तथा शुक्रबार देखि समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

 

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची- बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट सहयोग पाईने हुनालेमन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । पराक्रम बढेर जाने हुनालेशाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ । बुधबार तथा बिहिबारको समय मध्ययम रहेकोले माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।