एमसीसी परियोजनाका पदाधिकारीहरुको नेपाल भ्रमणलाई खारेज गर्न सी.पी. गजुरेलको माग

काठमाडौँ । यसै हप्ता एमसीसी परियोजनाका पदाधिकारीहरुको नेपाल भ्रमणलाई खारेज गर्न २२ राजनीतिक सङ्गठनले सरकारसँग माग गरेका छन् । आज २२ राजनीतिक सङ्गठनले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त परियोजनाकी उपाध्यक्ष फातिम सामुर लगायतका पदाधिकारीको लस्कर नेपाल भ्रमण गर्नु राष्ट्रिय हितविपरीत हुने भन्दै खारेजीको माग गरेका हुन् ।

 

 

सरकारले सो भ्रमण नरोकेमा विरोध प्रदर्शन गर्ने २२ राजनीतिक सङ्गठनको नेतृत्व गरेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी.गजुरेलले बताए । साथै उनीहरूको नेपाल भ्रमणका विरुद्ध विरोध प्रदर्शनहरुको आयोजना गर्ने गजुरेलको भनाइ छ । उनले सो विरोध प्रदर्शनमा सम्पूर्ण देशभक्तहरुलाई सहभागि हुन आह्वान गरे ।

 

 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिम सामुर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स यसै हप्ता नेपाल आउँदै छन् । उनीहरूको नेपाल आउने कुराको अहिले धेरैतिरबाट विरोध भइ रहेको छ । यो सँगै सरकारले एमसीसी पारित गर्ने तयारी थालेको सूचना बहिरीएको छ ।