एमसीसी परियोजनाका पदाधिकारीहरु नेपाल आउने कुराप्रति हस्तबहादुर केसीको आपत्ति

काठमाडाैँ । यसै हप्ता एमसीसी परियोजनाका पदाधिकारीहरु नेपाल आउने कुराको अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आपत्ति जनाएको छ । आइतबार एक प्रेस विज्ञप्तिमार्फत अमेरिकले नेपाल स्थित आफ्ना दलालहरुलाई दबाब दिएर संसदबाट पारित गराउन उक्त परियोजनाका पदाधिकारीहरुलाई यसै हप्ता नेपाल पठाउने रणनीति गरेको भन्दै सङ्गठनले आपत्ति जनाएको हो ।

 

 

सो छाता सङ्गठनका अध्यक्ष हस्तबहादुर केसीले एमसीसी परियोजनाको पक्षपोषण गर्ने खालका विज्ञानपनहरु उत्पादन नगर्न जिम्मेवार सञ्चार संस्थाहरुलाई आग्रह गरेका छन् । यस्तै उनले नेपालका जिम्मेवार सञ्चार संस्थाहरुले नेपाल स्थित अमेरिकी साम्राज्यवादका दलालहरुको स्वार्थपूर्ति हुने खालका कार्यहरु गरेको भन्दै यस्ता कार्यहरू तुरुन्तै बन्द गर्न दबाब दिए ।

 

 

 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी ) उपाध्यक्ष फातिम सामुर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स यसै हप्ता नेपाल आउँदै छन् । उनीहरूको नेपाल आउने कुराको अहिले धेरैतिरबाट विरोध भइ रहेको छ । यो सँगै सरकारले एमसीसी पारित गर्ने तयारी थालेको सूचना बहिरीएको छ ।