मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्तिमार्फत छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि गरेको भन्दै गृहले आपत्ति गरेको हो ।

 

 

विज्ञप्तिमा भनिएको छ ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’ । सरकार नेपाली भूमिमा सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ ग्रगाढ बनाउन चाहने पनि विज्ञप्तिमा उल्लेख छ।

 

 

भदौ १९ मा दार्चुलास्थित तुइन घटनाको विरोधमा अनेरास्ववियूले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए भने भदौ १८ गते माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) का विद्यार्थीले प्रदर्शनीमार्गमा मोदीको पुत्ला दहन गरेका थिए।