प्रदेश २ मा एमालेका थप दुई सांसदले गरे ‘एस’ मा सनाखत
काठमाडौँ । एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।
जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन् ।