पोखरीमा डुबेर एक बालकको मृत्यु
काठमाडौँ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित धौलेचौरमा पानी संकलनका लागि निर्माण गरेको पोखरीमा डुबेर एक बालकको निधन भएको छ । मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबेर गम्भीर घाइते बुढाथोकीको उपचार गर्न धौलागिरी अस्पताल बागलुङ ल्याइए पनि अस्पतालले मृत घोषण गरेको प्रहरी उपरीक्षक इकवल हवारीले जानकारी दिए । पोखरी घरदेखि करिब एक सय मिटर टाढा छ ।
त्यस्तै विगत दुई दिनदेखि बेपत्ता भकुण्ड चमचाका २८ वर्षीय सागर थापा मृत अवस्थामा भेटिएका छन् । १८ भदौदेखि बेत्तपा थापाको घरदेखि अन्दाजी पाँच सय मिटर पश्चिम पहिरे खोलाको बीच भागमा मृत भेटिएका हुन् । थापाको मृत्युबारे अनुसन्धान सुरु भएको उपरीक्षक हवारीले बताए ।