कपिलेश्वार यादव नेविसंघको महामन्त्रीमा नियुक्त

काठमाडौं  । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त गरिएका छन्  । तत्कालिन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएपछिको सहमति अनुसार नेविसंघमा सुनसरीका यादवलाई नियुक्त गरिएको हो ।

 

 

कांग्रेस सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।