एमसीसीका पदाधिकारीहरुको नेपाल भ्रमण तुरुन्तै खारेज गर्न अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीको माग
काठमाडौं। नेपाल सरकारले अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन नाम दिइएको राष्ट्रघाति प्रोजेक्ट संसदबाट पारित गरेर नेपाललाई अफगानिस्तान , सिरिया जस्तै युध्दस्थको रणभूमि बनाएर अमेरिकी साम्राज्यवादको स्वार्थ पुरा गरिदिने गरि विविध प्रकारका षड्यन्त्र गरिरहेको र यही २०८७ साल भदौ २३ गते नेपालको प्रतिनिधिसभाको बैठक बोलाइएको , यसै हप्ता एमसीसी उपाध्यक्ष फतेमा सामुर र सहायक उपाध्यक्ष जनाथन बुक्सलाई नेपालका लागि बोलाइएको र नेपाल राष्ट्र र नेपाली जनताको हितविपरीत , मुलुककको राष्ट्र स्वाधीनता र नेपाली जनताको सार्वभौमिकतामाथि बलत्कार गर्ने उद्श्येका साथ उक्त प्रोजेक्ट जबर्जस्त पारित गराउन मरिहत्ते गरिरहेका समाचारहरु प्राप्त भइसके पछि विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र गम्भीर बन्न पुगेको छ ।