कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा भोलि २३ गते बस्ने संसद अधिवेशनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

 

 

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा बैठकमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७ औं दिन वितिसक्दा पनि मन्त्रिमण्डल र सचिवालयलाई पूर्णता दिन नसकिरहेको बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएको छ ।