संसद बैठक आज बस्दै, यी हुन सम्भावित कार्यसूची !

काठमाडौँ । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्ने भएको छ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

 

 

बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

 

कार्यसूची अनुसार १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस गर्ने छन् भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने छन् ।

 

 

यस्तै गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची छ । यता कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश पेस गर्ने कार्य सूची छ । यस्तै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने छन् ।

 

 

सरकारले गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य गरेको थियो। त्यसअघि सरकारले दल सम्बन्धि अध्यादेश जारी गरेको थियो ।

 

 

सम्भावित कार्यसूचीहरु