एमाले संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ। बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो।

 

आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक बोलाइएको हो ।

 

 

एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।