सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बनेको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको आरोप लगाएका छन् ।

 

 

बुधबार एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको आरोप लगाएका हुन् ।

 

एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ । एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।