संसद बैठकअघि सत्तारूढ गठबन्धनको बैठक सिंहदरबारमा

काठमाडौँ । संघीय संसदको बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

 

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहनेछ ।

 

 

बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने बताइएको छ । यस्तै संसदको लैजाने एजेन्डालगायतका विषयमा पनि छलफल हुने बताइएको छ । आज राष्ट्रपतिको आह्वानमा अपराह्न ४ बजे संसद बैठक बस्दैछ भने एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ ।