एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा विरोध प्रदर्शन ( तस्बिरमा हेर्नुस् )

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।

 

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकात केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो ।