नेपालमा थप १६ सय ४० जना कोरोना संक्रमित फेला, १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप १६ सय ४० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६ सय ४० जना संक्रमित फेला परेका हुन् । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

 

 

काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।