वी.पी.ले मनायो वी.पी. जयन्ती
काठमाडौं ।चितवन , आज १०८ औं वी. पी. जयन्तीको अवसरमा वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक भव्य कार्यक्रमका बिच मनाइयो।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने , कार्यकारी निर्देशक डा. देजकुमार गौतम , उप – निर्देशक डा.कृष्णसागर शर्मा,संचालक समिति सदस्य एवं सर्जरी विभाग प्रमुख डा. विनय ठाकुर,नर्सिङ प्रमुख सबिता पन्थी , नर्सिङ कलेज प्रमुख सुशिला कोइराला लगायत सम्पूर्ण चिकित्सक एवं कर्मचारी,बिरामीका आफन्तजन,अस्पतालका शुभेच्छुक सबै सबैको उपस्थिति थियोे।
कार्यक्रममा प्रमुख अतिथि डा. देजकुमार गौतमले वी. पी. को योगदानको चर्चा गर्दै सम्पूर्ण कर्मचारीलाई क्यान्सर बिरामीको सेवामा निष्ठापूर्वक लाग्न आग्रह गरे।
कार्यक्रमका अध्यक्ष डा. निर्मल लामिछानेले ठूलो मानिस होइन असल मानिस बन्नु भन्ने वी.पी. को महावाणीको स्मरण गर्दै गरिब क्यान्सर रोगीको उपचारमा समग्र क्यान्सर अस्पताल एकढिक्का भएर अघि बढिरहेको विचार व्यक्त गरे ।
उनलेे हजारौं बिरामी उपचारमा आउने यस अस्पतालमा हामीले मिठो बोली र व्यवहारले बिरामीको सेवामा योगदान दिनु नै वी. पी. को सम्मान हुने बताए।उक्त कार्यक्रमको सहजीकरण वरिष्ठ प्रशासक गृहीनारायण महतोले गरेका थिए।
उक्त अवसरमा वी.पी. को शालिकमा माल्यार्पण गरि राष्ट्रका ज्ञात अज्ञात महान् शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै सम्पूर्ण वार्डमा भर्ना भएका क्यान्सर बिरामीहरुलाई एन- ९५ माक्स वितरण गरिएको थियोे ।
हाल क्यान्सर अस्पतालमा ४५० शैया संचालनमा छ।अस्पतालले कोभिड बिरामीको उपचारको लागि समेत १२० शैया छुट्टाएको छ।